२० वैशाख,काठमाडौं । नेपाल सरकारले यो वर्ष देखि सबै सामुदायिक विद्यालयमा ‘सेनिटरी प्याड’ निःशुल्क उपलब्ध गराउने भएको छ । छात्राहरुलाई विद्यालय जान प्रोत्साहित गर्न यो व्यवस्था गर्न लागिएको हो । विशेषगरि माध्यमिक तहमा अध्ययरत छात्राहरु महिनावारी भएका बेला विद्यालयनै नजाने अवस्था रहेकाले सरकारले नीति तथा कार्यक्रममा सेनिटरी प्याड वितरणको योजना ल्याएको हो । सरकारले यो व्यवस्था गरेमा देशभरका हजारौं छात्राहरु लाभान्वित हुनेछन् ।