ताजा समाचार


कुन राशी भएका व्यक्तिले कस्तो पेशा अप्नाउँदा पाइन्छ सफलता ?

 नेपाल बाहक    २३ बैशाख २०७६, सोमबार १४:०८     726 जनाले पढ़िसके

हरेक व्यक्तिको फरक फरक राशी हुने गर्छ । त्यस्तै राशी अनुसार ब्यक्तिमा पनि त्यस्तै किसिमको प्रभाव देखिने गर्छ। राशीले ब्यक्तिको वानी ब्यवहार, आचरण पढाइ सबै कुराहरुको मार्ग निर्देशन गर्ने काम गर्छ । आज हामी तपाईहरुलाई कुन राशी भएका ब्यक्तिले कस्तो काम गर्दा राम्रो हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ।

मेष राशी स् यो राशी भएका व्यक्तिलाई गणित, फिजिक्स र अकाउण्टमा अधिक सफलता मिल्ने देखिएको छ। उनीहरुको लागि आर्किटेक्ट, अर्थशास्त्र, बास्तुशास्त्रसँग सम्बन्धीत रहेर कुनै बयवसाय गर्दा अधिक सफलता पाइनेछ। आफुले चाहे जस्तै सफलता हात पर्नको लागि रातो रंगको कपडा लगाउनुपर्ने र मुसुरोको दाल दान गर्दा शुभ फल प्राप्त हुने देखिएको छ।

वृष राशी स् यो राशी भएका ब्यक्तिहरु कलाप्रेमी हुने भएकाले अभिनय र गायनमा जम्न सक्ने देखिएको छ। उनीहरुको लागि अटो, इलेक्ट्रिक एक्वीपमेन्ट सम्बन्धी ब्यापार फाप्नेछ। कला सम्बन्धी ब्यापार गर्दा सफलता पाउने सम्भावना बढी रहेको छ ।अधिक सफलताको लागि सेतो रंगको कपडा लगाउनुपर्नेछ।

मिथुन राशी स् मिथुन राशी भएका व्यक्तिले प्राध्यापक, शिक्षक, कवि, गीतकार, संगीतकार, प्रवचनकर्ता, ज्योतिषी, गणित, केमेस्ट्री, जिओलोजी, अकाउण्ट, होटल म्यानेजमेन्ट, फाइनान्स, बैकिङसँग सम्बन्धित बिषय छान्दा राम्रो हुनेछ। यीनै क्षेत्रसँग जोडिएको ब्यापार ब्यवसाय गर्दा यो राशी भएका ब्यक्तिलाई अत्याधिक लाभ हुने देखिएको छ। यसको लागि हरियो कपडा लगाउनुपर्नेछ । मुगा दालको सेवन गर्नु राम्रो मानिएको छ भने सूर्यको पूूजाले फल राम्रो फल दिनेछ।

कर्कट राशी स् कर्कट राशी हुने ब्यक्तिको लागि जलीय वस्तु, सख्खर, चामल, चाँदी, शिक्षण, वस्त्र, स्त्रीको कपडा, रेशम, सौन्दर्य सामाग्री, रंग, उपकरण मर्मतको काम, कमर्स, आर्ट, जिओलोजी, म्यानेजमेन्ट, कम्प्युटर सम्बन्धी बिषय छनौट गर्नु राम्रो हुने देखिएको छ। माथि उल्लेख गरिएको विषयवस्तुसँग जोडिएर नोकरी गर्दा राम्रो हुनेछ। त्यसको लागि सेतो कपडाको प्रयोग गर्नुपर्नेछ। शिव र नारायणलाई चामलको भोग गर्ने र आफु पनि चामलको सेवन गर्नु राम्रो हुनेछ।

यो पनि पढ्नुहोस् स् कसैसँग कुरा गर्दा ध्यान दिनुहोस् यी ४ कुरा, नत्र बिग्रिएला छवी
सिंह राशी स् यो राशी हुनेहरुको लागि सबै किसिमको व्यापार व्यवसाय राम्रो देखिएको छ। विशेष गरेर यो राशी भएका व्यक्तिहरुले एड्भाइजर, ज्योतिष, इञ्जिनियर, चिकित्सक, वैज्ञानिक, सेनामा बढी सफल हुन्छन्। यस्ता राशि भएका व्यक्तिहरु निकै कुशल मेनेजर बन्न सक्नेछन् । उनीहरुको लागि कमर्स, अकाउन्ट, र कानुनमा पनि राम्रो रहेको देखिएको छ । यसरी सफलता पाउनको लागि आदित्य हृदय स्त्रोत पाठ गर्नुपर्ने र रातो रंगको कपडा लगाउनु पर्नेछ।

कन्या राशी स् यो राशी भएका व्यक्तिको लागि विशेष गरेर शिक्षण, लेखन, अभिनय, म्यूजिक क्षेत्रमा राम्रो रहेको छ। उनीहरुको लागि अध्यनमा पनि जिओलोजी, फिजिक्स, केमेस्ट्री, गणित, अकाउण्ट बिषय अनुकुल रहेको छ। यसबाट सफलता पाउनको लागि करियो कपडा लगाउनु पर्ने र भगवान गणेशको पूजा गर्दा अधिक लाभ लिन सकिन्छ।

तुला राशी स् तुला राशी भएका व्यक्तिहरुको लागि अभिनय गीत,संगित, सेना, व्यवस्थापन, कानून, बैंक, बिमा, फाइनान्स, मेसिनरी र कम्प्युटरको क्षेत्रसँग जोडिएर काम गर्दा राम्रो हुने देखिएको छ । पढाइको लागि कमर्स, इकोनोमिक्स, वनस्पति शास्त्र, गणित बिषय चयन गर्नु शुभ रहेको छ। यसबाट अधिक लाभ लिनको लागि यो राशी भएका व्यक्तिले निलो रंगको बस्त्र लगाउनुपर्नेछ भने हनुमान चालिसाको पाठ गर्नुपर्छ।

वृश्चिक राशी स् यो राशी भएका व्यक्तिले सेना र शस्त्र सम्बन्धी कार्य, प्रहरी, रक्षा, कानून, सामाजिक सेवा, राजनीतिको क्षेत्रमा काम गर्दा राम्रो हुनेछ । पढाइतर्फ हेर्ने हो भने फिजिक्स, गणित, कानून, अकाउण्ट, राजनीतिशास्त्र, होटल म्यानेजमेन्ट, मानव संसाधन जस्ता विषयमा अध्यन गर्दा राम्रो हुनेछ। यसबाट अधिक लाभ लिनको लागि यो राशी भएका ब्यक्तिले रातो रंगको कपडा लगाउनु पर्नेछ भने हनुमानको पूजा गर्दा राम्रो हुनेछ।

धनु राशी स् धनु राशी भएका व्यक्तिहरुको लागि कलाकै क्षेत्रमा रहेर काम गर्दा राम्रो हुने देखिएको छ । विशेष गरेर नाट्य, ललितकला, सुनचाँदीको व्यवसाय, किराना, सामाजिक सेवा, अध्यात्म गुरु, म्यानेजर, होटल, स्कूल लगायतको क्षेत्रमा काम गर्दा राम्रो हुन्छ । अध्यापनको क्षेत्रमा विज्ञान, गणित, कमर्स, अकाउण्ट एवम् सबै बिषयको अध्यन गर्नु राम्रो मानिएको छ। यस्ता कामहरुबाट सफलता पाउनको लागि पहेँलो रंगको कपडा प्रयोग गर्ने र आफ्ना गुरुहरुलाई सम्मान गर्दै गुरुमन्त्र जप गर्ने।

यो पनि पढ्नुहोस् स् बिहान भूलेर पनि नगर्नुहोस् यी गल्ती, गरिबले पिछा गरिरहन्छ
मकर राशी स् यो राशी भएकाहरुको लागि मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक, राम्रो खोजकर्तामा भविष्य जम्न सक्नेछ। यी ब्यक्तिहरुको लागि गणित, फिजिक्स, केमेस्ट्री, संस्कृत भाषा, अकाउण्ट, म्यानेज्मेन्ट, सम्बन्धी अध्यन गर्दा सोचे जस्तै सफलता हात पार्न सकिनेछ। त्यसको लागि कालो कपडाको प्रयोग गर्नुपर्नेछ । हनुमानको पूजा गर्दा राम्रो हुनेछ।

कुम्भ राशी स् कुम्भ राशी र मकर राशीको स्वामी शनि भएको कारण हरेक कुरा मिल्दोजुल्दो रहेको छ। उनीहरुको लागि अतिरिक्त सेना, टेक्निकल, मेडिसिन क्षेत्रमा सफलता मिल्ने देखिएको छ। अध्यनको लागि। वनस्पति शास्त्र, गणित, फर्मा, इलेक्ट्रिकको बिषय रोज्नु राम्रो हनेछ । यस्ता कुराहरुबाट सफलता लिनका लागि कालो बस्त्रको प्रयोग गर्ने र हनुमानजीको पूजा गर्नुपर्ने हुन्छ।

मीन राशी स् यो राशी भएकाहरुको लागि अद्यात्म, मेटल बिक्रेता, भेइकल, इलेक्ट्रिक उपकरणको बिक्रेता, गुप्तचर विभाग, फायर सर्भिस र अदालती काम गर्नु राम्रो रहेको छ। पढाईको सन्र्दभमा गणित, साइन्स र कमर्स र अन्य सबै बिषय राम्रै रहेको छ। यसबाट सफलता प्रप्त गर्नको लागि पहेँलो कपडा लगाउने र शिव भगवानको पुजा गर्नुपर्नेछ।