ताजा समाचार


फोरम र नयाँ शक्तिबीच पार्टी एकता

 नेपाल बाहक    २३ बैशाख २०७६, सोमबार १४:१३     359 जनाले पढ़िसके

बैशाख २३, काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ। एकता घोषणासँगै दुबै पार्टीले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको बताएका छन्।सभामा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबेँदे सहमतिमा हस्तक्षर गरेका छन्। समाजवादी पार्टीले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार संविधान संशोधन गरेर १०ं१ प्रदेश बनाउनुपर्ने बताएको छ।