रामेछाप , २४ बैशाख । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले हत्या हिसां र भ्रष्टचारलाई प्राथमिकता दिएका आरोप लगाउनु भएको छ । रामेछामा आज शब बहान हस्तान्तरण कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो अरोप लगाउनु भएको हो । नेपाली काग्रेस रामेछापका महाधिबेसन प्रतिनिधी भरत प्रसाद चौलागाइको सहयोगमा रामेछाप नगरपालिकालाइ शव बहान हस्तान्तरण कार्यक्रममा बोल्दै पौडेलले अहिलेको सरकारले सुसासन भन्दा पनि हत्या हिसां र भ्रष्टचारलाइ प्राथमिकता दिएको भन्दै यसै गरि अब वर्तमान सरकार अघि बढे तिन बर्ष भन्दा बढी टिक्न नसक्ने बताउनु भएको छ ।नेपाली कांग्रेसका नेता तथा महाधिबेसन प्रतिनिधी भरत प्रसाद चौलागाइले आज कार्यक्रमको आयोजना गरि रामेछाप नगरपालिकालाइ शव बहान हस्तान्तरण गर्नुभएको हो । काग्रेस नेता चौलागाइले नेपाली काग्रेस रामेछाप नगर समन्य समिती मार्फत नगरपालिकालाई शव वाहन हस्तारण गर्नुभएको हो । चौलागाइले शव बहान संचालन गर्न नगरपालिकाले यस बर्षको लागी चालकलाइ तलब बापतको रकम नछुट्याएकोले १ बर्षको लागी २ लाख १८ हजार तलब समेत नगरपालिकालाई हस्तान्तरण गनुभएको छ । रामेछाप नगरपालिका नगर समन्वय समितीका संयोजक कमल विक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादव , नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने , रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर , उपप्रमुख सृजना खड्का , नेपाली कांग्रेस रामेछापका पुर्व सभापति रामचन्द्र खड्का लगायतले मन्तव्य राख्नुभएको थियो ।