ताजा समाचार


रामेछापमा गाई काटेको आरोपमा २ जनालाई पक्राउ

 नेपाल बाहक    २५ बैशाख २०७६, बुधबार ११:२८     478 जनाले पढ़िसके

रामेछाप , २६ बैशाख । रामेछाप प्रहरीले गाई काटेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका १ का रामशरण खड्का र २९ वर्षीय सुजन खड्कालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रकाउ गरेको रामेछाप प्रहरी बताएको छ । गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय रामेछापले बताएको छ ।