ताजा समाचार


रामेछापमा आत्मा हत्या गर्नेको संख्या बढ्दो : चालु आ.ब मा मात्र ३१ जनाले आत्मा हत्या गरे

 नेपाल बाहक    २६ बैशाख २०७६, बिहीबार ११:२४     1115 जनाले पढ़िसके

रामेछाप , २६ बैशाख । रामेछाप जिल्लामा आत्मा हत्या गर्नेको संख्या बढि रहेको छ । चालु आर्थिक बर्षमा मात्र रामेछाप जिल्लामा १८ जना पुरुष र १३ जना महिलाले आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यलय रामेछापमा तथ्थाङ्ख रहेको छ । जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी प्रबक्ता शेख अदालतका अनुसार गत आवमा १८ जना पुरुष र २५ जना महिलाले आत्मा हत्या गरेका थिए । आत्मा हत्या गर्नेमा बढि मात्रामा १८ देखि ३० बर्ष उमेर समुुहका रहेका छन् । यसरी आत्मा हत्या गर्नेको संख्या बढ्नुको मुल कारण बैदेशिक रोजगारी , मानसिक नताव , प्रेममा धोका, परिवारीक कलह लगायतका कारण रहेको छ । आत्मा हत्या गर्दा धेरैले बिष सेवन र पासो लगाउने गरेका छन् । तथ्यांक अनुसार जिल्लामा आत्महत्या गर्ने संख्या प्रत्येक वर्ष बढ्दै गएको प्रहरी प्रबक्ता अदालतले बताउनु भयो ।

किन गर्छन आत्मा हत्या ?
नेपाल मा हाल १५ देखि ४९ उमेर का महिला हरु मा प्रमुख मृत्युको कारण आत्मा हत्या हो र यो पछिल्लो समय मा नेपाली महिलाहरु मा हुने मृत्युको प्रमुख कारण प्रसूति सम्बन्धी समस्यालाई पनि यसले उछिनेको छ ।आत्महत्या प्रयास गर्ने मानिस हरु को आफ्नै बिभिन्न कारणहरु हुन्छ । कतिपय मानिसहरु मानसिक समस्या बाट गुज्रीरहेका हुन्छन् । उदासीनता(डिप्रेशन ) एउटा प्रमुख कारण हो । त्यस्तै अन्य कारणहरुमा रक्सी तथा लागु औषधको प्रयोग , कडा किसिमको मानसिक रोग (स्चिजÞोफ्रेनिया, बाइपोलर डिसअ‘ार्डर ), चिन्ता(एंग्जायटी), र बानी व्यहोरा (पर्सनालिटी डिसआर्डर) को समस्या हो । यस्ता समस्यामा मानिसहरु आफ्ना जीवनमा आइपर्ने सानातिना समस्यासंग लड़्न नसक्ने र भविष्य अन्धकार देख्ने हुदा आत्म हत्या को बाटो रोज्ने गर्छन् ।हाम्रो समाजमा मानसिक रोग लागेका मानिस प्रति नकारात्मक सोच हुने हुनाले मानिसहरु यस बारे कुरा गर्न खोज्दैनन् । यो रोग लागी सकेपछि पनि यसको उपचार गर्न जाँदैनन् । त्यसैले पनि आत्मा हत्या गर्ने मानिसको संख्या बढ्दो छ ।

आत्म हत्याको कारणहरु
मानसिक समस्या बाट ग्रसित ।
पछिल्लो समयमा साथिभाई वा घरका आफन्तबाट आत्मा हत्या भएको ।
गम्भीर तनाब प्रतिक्रिया र आशाबिहीन हुने ।
बिगतमा पनि आत्मा हत्याको प्रयास गरेको ( अत्याधिक औसधी सेवन गरेको, स्वयमलाई चोट पुराउने ।
गरिबी , बेराजगारी, एक्लै बस्ने , लागु औषध को सेवन , सम्बन्ध बिच्छेद आदि ।

रोकथामका उपायहरु
आत्म हत्या सतप्रतिसत रोकन सकिन्छ , यो एउटा मानसिक समस्या हो ।
आत्म हत्या हुन सकने संकेत हरु पचिन गरी उनिहरु संग कुरा गरौ ।
धेरै जसो आत्मा हत्या योजनाबद्ध हुने गर्छ ।
समाजले आत्म हत्या रोकथाममा ठुलो भूमिका खेल्छ , मानसिक रोग सम्बन्धी नकारात्मक सोचलाई परिवर्तन गरी , पीडि़त समूहलाई साहेयता प्रदान गर्दछ ।