ताजा समाचार


बालुवाटारको जग्गा अतिक्रमण कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुदाँ देखि सुरु भएको हो : मन्त्री अर्याल

 नेपाल बाहक    २६ बैशाख २०७६, बिहीबार १३:४७     502 जनाले पढ़िसके

रामेछाप बैशाख २६ गते । संघिय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा अतिक्रमण कृष्णप्रसाद भट्टर्राइ प्रधानमन्त्री हुदाँ देखि नै भएको बताउनु भएको छ । बिहीबार रामेछापको मन्थलीमा नव निर्मित नापी कार्यालय भवनको उद्घघाटन कार्यक्रममा बोल्दै मन्त्री सो कुरा बताउनु भएको हो । मन्त्री अर्यालले २०४८ साल देखि बालुवाटारको जग्गा अतिक्रमण भएको बताउनु भएको हो । उहाँले नापी कार्यालयमा सेवा लिन आउने नागरिकलाई छिटो, छरितो र नागरिक मैत्री बनाउनु यो सरकारका लागि चुनौती रहेको बताउनु भएको छ ।त्यसैले चुनौतीलाई तोड्नको सरकार नै लागेको समेत बताउनु बताउनु भयो । देशभरीका नापी कार्यालयमा अझै पनि बिचौलियाका कारण सेवाग्रहीको चाहना अनुसारको काम हुन नसकेको कुरा स्मरण गर्दै मन्त्री अर्यालले अब छिट्टै आधुनिक प्रविधिबाट जनतालाई सेवा दिने गरी काम गर्न सरकार लागि परेको बताउनुभयो ।