ताजा समाचार


खाँडादेवी गाउँपालिकाका २ वटा टोल पूर्णसरसफाई उन्मुख टोल घोषणा

 नेपाल बाहक    २८ बैशाख २०७६, शनिबार १३:०२     733 जनाले पढ़िसके

बैशाख २८, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका ३ भिरपानीका २ वटा टोलहरु पुर्ण सरसफाई उन्मुख टोल घोषणा भएका छन् । शनिबार भिरपानीमा एक कार्यक्रमको आयोजना गरि साविकको भिरपानी गाविसका वडा नं ३ र ७ लाई पूर्ण सरसफाईउन्मुख टोल घोषणा गरिएको हो । वडा नं ३ का वडाअध्यक्ष पुष्कर कुमार कार्कीको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा गाउँपालिका उपप्रमुख मखमली श्रेष्ठ, सवल परियोजनाका वरिष्ठ जिल्ला कार्यक्रम संयोजक दीलबहादुर नेपाली, पहाडी समाज कल्याण केन्द्र दोरम्बाका अध्यक्ष रत्नप्रसाद कँडेल लगायतले पूर्णसरसफाई र यसको महत्वको बारेमा जानकारी दिँदै पूर्णसरसफाइउन्मुख भएकोमा बधाई दिएका थिए । सोही कार्यक्रममा सुनकोसी नदी किनारको डप्mकामा स्थानीयले गाउँपालिका, वडा कार्यालय तथा सवल परियोजनाको सहयोगमा निर्माण गरिएको तटवन्ध निर्माण वापतको रकम सवल परियोजनाले उपभोक्तालाई हस्तान्तरण गरेको थियो । तटवन्ध निर्माणको लागि गाउँपालिका र वडा कार्यालयले तारजालि उपलब्ध गराएका थिए । सो तारजाली भर्न लागेको खर्च ८१ हजार रुपैयाँ सवल परियोजनाले उपलब्ध गराएको हो ।