ताजा समाचार


नवजागरण साकोस मन्थलीका बाल सदस्यहरुको भेला

 नेपाल बाहक    २८ बैशाख २०७६, शनिबार १३:०६     598 जनाले पढ़िसके


बैशाख २८, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बाल सदस्यहरुको भेला शनिबार सम्पन्न भएको छ । संस्थाको शिक्षा उपसमितिको अयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा सहकारीका ७५ जना बाल बचत सदस्यहरुको सहभागिता रहेको थियो । बालबचत सदस्यहरुलाई बचत र यसको महत्व तथा बचतको आवश्यकताको बारेमा जानकारी दिन भेलाको आयोजना गरिएको शिक्षा उपसमितिका संयोजक नारायण कार्कीले जानकारी दिए । बालबालिकाहरुलाई सहकारीको बारेमा जानकारी दिन तथा बचत गर्ने बानिको बिकास गराउनको लागि टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्कीले बताए । ६ सय भन्दा बढी बाल बचत सदस्य रहेको सो संस्थाले बाल बचत सदस्यहरुलाई क्रमशः भेला गराई सहकारी र बचत प्रति आकर्षण गराउँदै लैजाने उनले बताए । भेलाका सहभागिहरुलाई शिक्षा उपसमितिका सदस्यहरुले सहकारी, यसको महत्व तथा बचतको बारेमा जानकारी गराएका थिए । भेलाले नबजागरण बालक्लव समेत गठन गरेको छ ।