रामेछाप , ३१ बैशाख । अति विपन्न जनताको स्वास्थ्य उपचारमा सहयोग गर्ने उदेश्यले सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम रामेछाप जिल्लामा २०७४ पुष बाट रामेछापमा सन्चालनमा आएको थियो । यो अबधिमा रामेछाप जिल्लाका १३ हजार नागरीक यस कार्यक्रममा आवद्ध भएका छन् । जिल्लामा २०७६ को वैशाख मसान्त सम्ममा १३ हजार २ सय १० जनाले स्वास्थ्य बीमा गरेका छन् । जिल्लामा ६ हजार ३ सय २९ पुरुष र ६ हजार ८ सय ८० महिलाले स्वास्थ्य विमा गरेका छन । ८ वटा स्थानिय तह रहेको रामेछापमा सवै भन्दा वढि मन्थली नगरपालिकाका ३ हजार ८ सय ५७ जनाले स्वास्थ्य विमा गरेका छन । सवैभन्दा कम स्वास्थ्य विमा गर्ने स्थानिय तह रामेछाप नगरपालिकाका ६ सय ४८ जनाले मात्र विमा गरेका छन । अरु स्थानिय तहहरुमा क्रमश दोरम्बा गाउँपालिका १ हजार ७ सय २४ , गोकुलगंगा गाउँपालिका १ हजार ५ सय ४५ , खाँडादेवि गाउँपालिका ९ सय ३६ , लिखु तामाकोशि गाउँपालिका ९ सय ३० , उमाकुण्ड गाउँपालिका १४ सय ९१ र सुनापति गाउँपालिकाका २ हजार ८५ जनाले स्वास्थ्य विमा गरेका छन । स्वास्थ्य बीमा बोर्ड रामेछापका दर्ता अधिकृत केशवराज ओझाका अनुसार अहिलेसम्म जिल्लाका ८ वटै स्थानीय तहमा पैसा तिरेर स्वास्थ्य बीमा गर्ने ३२ सय ७३ परिवार रहेका छन् । अहिलेसम्म जिल्लाको तथ्याङका आधारमा स्वास्थ्य बीमाबाट ७३ लाख ४२ हजार ३ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ । रामेछापका ८ वटै स्थानीय तहमा ६४ जना स्वास्थ्य बीमा दर्ता सहयोगी घर दैलोमा पुगी बीमा गराउन खटिरहेको स्वास्थ्य बीमा वोर्ड जिल्ला कार्यालयले जनाएको छ ।