सिन्धुली, २ जेठ – सिन्धुलीको तीन पाटन गाउँपालिका – ७ मा चट्याङ लागेर गत राति ३ जना घाइते भएका छन । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइते हुनेहरुमा तीनपाटन गाउँपालिका– आरुबोटेका ३२ वर्षीया उखमाया लामिछाने, १३ वर्षीय ज्ञानबहादुर मसराङगी मगर र ३८ वर्षीया सितामाया सार्की रहेका छन् ।
घाइते मध्ये सितामायाको अवस्था गम्भीर रहेकोले तिल्पुङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
लामिछाने र मसराङगी भने सामान्य उपचारपछि घर फर्किएका छन् । बर्षातसँगै परेको चट्याङले सोही ठाउँका फरीबहादुर तामाङको ३ वटा बाख्रा, १ वटा बोको र १ वटा कुखुरा मरेको प्रहरीले जनाएको छ ।