ताजा समाचार


रामेछापमा सम्बन्धविच्छेद गर्नेको हरुको संख्या दोब्बरले बृद्धी

 नेपाल बाहक    २ जेष्ठ २०७६, बिहीबार ११:४५     616 जनाले पढ़िसके

रामेछाप , २ जेष्ठ । रामेछाप जिल्लामा सम्बन्ध विच्छेत गर्ने हरुको संख्या दोब्बरले बृद्धि भएको छ । नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख ३१ गतेसम्म जिल्ला अदालतमा ८५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत रामेछापले जनाएको छ ।
विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानूनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ । चालु आ.ब मा ३४ पुरुष र ५१ महिलाले सम्बन्धविच्छेद गरेको जिल्ला अदालत रामेछापका श्रेस्तदार गेहेन्द्रराज रेग्मी जानकारी दिनु भयो । गत आ.बमा जम्मा ५६ जनाले सम्बन्धबिचछेत गरेको जिल्ला अदालत रामेछापमा तथ्थाङ्खक रहेको छ ।