ताजा समाचार


रामेछापको लिखु तामाकोसी गाउँपालिकामा पति द्धरा पत्नीको हत्या

 नेपाल बाहक    ३ जेष्ठ २०७६, शुक्रबार १२:०६     545 जनाले पढ़िसके

रामेछाप , ३ जेठ । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका दाउराले हिर्कएर पतिले पत्नीको हत्या गरेका छन् । लिखुतामाकोसि गाउपालिका– ३ की ५० वर्षिया धनकुमारी दमाईँलाई उनका ६१ बर्षिय श्रीमान निरबहादुर दमाईले हत्या गरेका जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरिक्षक शेख अदालतका अनुसार आप्mनै घरमा चुल्होमा खाना पकाई रहेको बेला उनलाई निरबहादुरले दाउराले हिर्काएर बिहिबार उनको हत्या गरका थिए । घटनामा संलग्न आरोपीलाई प्रहरीले सोमबारै पक्राउ गरी शुक्रबार जिल्ला अदालत रामेछाप पेश गरेकोमा ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।