रामेछाप , ३ जेठ । मानव अधिकार संरक्षण सञ्जाल रामेछापले जिल्लाको मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाको शैक्षिक र स्वास्थ्य अवस्थाका बारेमा अवलोकन गर्ने भएको छ । शुक्रबार सदरमुकाम मन्थलीमा युएसएडको आर्थिक सहयोग , एफएचआई ३६० र मानवअअधिकार सचेतना तथा विकास केन्द्र ९ हुराडेग ० दोलखाको साझेदारीमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजनाको आयोजना र मानवअधिकार संरक्षण संजाल रामेछापको समन्वयमा भएको कार्यक्रमले शिक्षण संस्था र स्वास्थ्य संस्थाको अवलोकन भ्रमण गर्ने निर्णय गरेको हो ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा हुराडेग नेपाल दोलखाका कार्यक्रम संयोजक नवराज पथिकले स्वास्थ्य तथा शिक्षण संस्थाहरुमा भएका सुधार र शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि गर्न बाकि कामका बारेमा अवलोकन भ्रमण गरिने बताए । कार्यक्रममा सहभागिहरुले जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न आवश्यक रहेकाले अवलोकन भ्रमण गर्न अत्यावश्यक रहेको बताएका छन् ।
६४ वडा रहेको रामेछापमा २ नगरपालिका र ६ गाउँपालिकाहरु रहेका छन् । अहिले नगरपालिका तथा गाउँपालिकाहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा ठोस योजना बनाई विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छन् । स्थानीय सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको कामको प्रभावकारीताका बारेमा मानवअअधिकार सचेतना तथा विकास केन्द्र ९ हुराडेक० दोलखाको साझेदारीमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजनाको सहयोगमा मानवअधिकार संरक्षण सञ्जाल रामेछापले अवलोकन भ्रमण गर्न लागेको हो ।