ताजा समाचार


बिक्रम बरालको कस्तो दुरी सार्वजनिक (भिडियो )

 नेपाल बाहक    ३ जेष्ठ २०७६, शुक्रबार १३:४२     530 जनाले पढ़िसके

दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बरालले उनको स्वर समावेश गीत कस्तो दुरीको म्यूजिक भिडियो सार्वजनिक गरेका छन्। नारायण गौतमका शब्द शृजना समावेश गीतमा हरि लम्सालको संगीत रहेको छ । गायक बराल स्वयमले अभिनय गरेको भिडियोमा सुन्दरी मोडल प्रियंका खड्काको अभिनय रहेको छ । युवाअवस्थामा माया, प्रेम, मिलन र बिछोडमा हुने प्रेमाभावलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । जसमा प्रियंका र बिक्रम दुवैको अभिनय सशक्त रहेको छ ।माहाराज थापाको एरेनज रहेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् । भिडियो टुभेल्व नोट्सबाट सार्वजनिक गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।