रामेछाप । जेठ ५ गते,
खँडादेवी गाउँपालिकाको मामकादुममा रहेको प्रसिद्ध सिद्धदेवी मन्दीरको पुननिर्माण गरिने भएको छ । मन्दिर पुनः निमार्णको लागि शनिबार एक कार्यक्रम गरि पुर्व सांसद एवं नेकपाका केन्द्रीय सदस्य देवशंकर पौडेल र गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सिलन्यास गर्नु भएको हो । मन्दीर पुननिर्माणका लागि ४० लाख रकम खर्च हुने अनुमान गरिएको छ । मन्दीर पुननिर्माणका लागि लाग्ने उक्त रकम गाउँपाकिा र स्थानीय भक्तजनहरुको सहयोगमा व्यवस्था गरिने सिद्धदेवी मन्दीर संरक्षण समितिका अध्यक्ष रमेश बुढाथोकीले जानकारी दिनु भएको छ । पुननिर्माण गर्दा देवीको मुख्य मन्दीर सहित ४ वटा मन्दीर निर्माण गरिने छ