ताजा समाचार


तेरिया मगरको गित सार्बजनिक (भिडियो)

 नेपाल बाहक    ६ जेष्ठ २०७६, सोमबार १२:१०     1020 जनाले पढ़िसके

भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखलाजा’ विजेता तेरिया मगर डान्समा मात्रै सिमित छैनन। उनि डान्सका साथै गायन क्षेत्रमा पनि अब्बल गायिका बन्दै गैरहेकी छिन। आफ्नो गायन प्रतिभालाई बेला बेलामा टिकटकमा उनले प्रस्तुत गर्दै आइरहेकी टेरियाकी पहिलोपटक कभर गीतमा आफ्नो सुरिली आवाजले “तिम्रो माया बाँधेर राख” गीतको कभर गीतमा सजाएकि छिन।

‘डीआइडी लिटिल मास्टर्स सिजन ३’की विजेता तेरिया मगर अहिले के गर्दैछिन् भन्ने कौतुहलता उनका फ्यानलाई होला । तेरिया नेपालमा भन्दा भारतमा नै बढी बस्ने भएकाले पनि उनको बारेमा खबर कम आउँछन् । तेरिया, बुधबार भने काठमाण्डौको कुमारी हलमा चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा पुगिन् ।

चलचित्रको प्रिमियरमा पुगेकी तेरियाले आफूलाई चलचित्रले कतै रुवाएको, कतै हसाँएको प्रतिक्रिया दिइन् । उनले, केही समय अगाडि चलचित्र खेल्ने समाचार पनि आएको थियो । यस बिषयमा तेरियाले भनिन्–‘त्यो गलत कुरा थियो । चलचित्र खेल्न लागेको भन्ने खबर आउँदा म पनि अचम्मित भएकी थिएँ । अहिले त्यो बिषयमा कुनै सोच छैन ।’

तेरियाले अहिले आफूले त्यस्तो केही काम नगरेको भन्दै सिकिरहेको नै सुनाइन् । कुन नायकसँग पर्दामा काम गर्न मन छ भन्ने प्रश्नमा तेरियाले भनिन्–‘त्यस्तो एक जना भन्ने त कोही पनि हुनुहुन्न ।