ताजा समाचार


सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान : नेपाली क्रिकेटको विकासका बारे विषयमा छलफल गर्ने

 नेपाल बाहक    ७ जेष्ठ २०७६, मंगलवार १२:२९     721 जनाले पढ़िसके

काठमाण्डौ , ७ जेष्ठ । नेपाली युवा खेलाडी सन्दीप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । केहि दिन अधि आईपीएल खेलेर भारतबाट फर्किएका सन्दीप अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।
सन्दिपले नेपाली क्रिकेटको विकासका विषयमा अष्ट्रेलियामा छलफल गर्ने बताएका छन् । अष्ट्रेलियाको बिग ब्याशमा मेलवर्न स्टार्सबाट खेलेका उनले त्यहाँ रहँदा क्लबका पदाधिकारीसँग छलफल गर्ने पनि बताए । उनले नेपालका केही खेलाडीहरुलाई प्रशिक्षणका लागि अष्ट्रेलियामा व्यवस्था गर्ने विषयमा पनि छलफल हुने बताए ।