ताजा समाचार

जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख

 नेपाल बाहक    ९ जेष्ठ २०७६, बिहीबार १२:१०     362 जनाले पढ़िसके

काठमान्डौ , ९ जेष्ठ । भारत भएको लोकसभा चुनावको मतगणना जारी रहँदा भारतीय जनता पार्टी निकै अगाडि देखिएको छ । जारी मदगणनामा भारतीय कंग्रेस भने निकै कमजोर देखिएको छ । जारी मतगणनामा भाजपा नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ । उत्तर प्रदेशको वाराणासीबाट चुनावी मैदानमा उत्रिएका मोदी मतगणना जारी रहँदा चार लाख ७६ हजार ९६३ मतका साथ अग्रस्थानमा छन् । दोस्रो नम्बरमा समाजवादी पार्टीकी शालिनी यादव छिन् । उनले एक लाख ४५ हजार ११ मत प्राप्त गरेकी छिन् । भाजपाको जित नजिकिँदै गर्दा प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा ट्वीट गर्दै फेरि एकपटक भारतको जित भएको बताएका छन् । ‘सबैको साथ ं सबैको विकास ं सबैको विश्वास . विजयी भारत’, प्रधानमन्त्री मोदीले ट्वीट गरेका छन् ।