भारतका चर्चित कमेडियन कपिल शर्माले बाबु बन्न लागेका छन् । ६ महिना अगाडि गिन्नीे चतरथसँग प्रेम बिबाह गरेका कपिलको बिबाहमा बलिउडका निकै चर्चित सेलिब्रेटीहरु शुभकामना दिन बिबाह भोजसम्म पुगेका थिए । भारतिय मिडियालाई आधार मान्ने हो भने कपिलको श्रीमती गिन्नी गर्भवती छिन् । कपिलको परिवार पनि घरुमा नयाँ सदस्यलाई स्वागत गर्न तयार छन् । तर, आफू पिता बन्न लागेको विषयमा कपिलले केही बोलेका छैनन् । कपिल अहिले ‘द कपिल शर्मा शो’मा व्यस्त छन् । उनको यस शो टिआरपीमा शिर्ष स्थानमा नै छ । कपिलले हालै वर्ल्ड बुक अफ रेकर्डमा सबै भन्दा बढि हेरिने स्ट्यान्ड अप कमेडियनको कीर्तिमान राखेका छन् ।