ताजा समाचार


भारतको गुजरातमा आगोलागी हुदाँ १५ जनाको मृत्यु

 नेपाल बाहक    १० जेष्ठ २०७६, शुक्रबार १३:३८     624 जनाले पढ़िसके

काठमान्डौ , १० जेष्ठ । भारतको गुजरातमा राज्यको सुरतमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा एक शिक्षकसहित १५ विद्यार्थीको मृत्यु भएको छ । सूरतको सर्थना बिनमा रहेको तक्षशिला कम्प्लेक्समा आगलागी हुँदा १५ जनाको ज्यान गएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । त्यहाँ धेरै मानिस फसिरहेको प्रहरीले बताएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घटनाप्रति दुःख व्यक्त गर्दै गुजरात सरकार र स्थानीय प्रशासनलाई प्रभावित नागरिकका लागि हरसम्भव सहयोग गर्न आग्रह गरेका छन् । गुजरातका मुख्यमन्त्री विजय रुपाणीले घटनाको अनुसन्धान गर्न निर्देशन दिँदै मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् ।