ताजा समाचार


काठमान्डौमा सिलिण्डर विस्फोट हुदाँ दुई जनाको मृत्यु

 नेपाल बाहक    १२ जेष्ठ २०७६, आईतवार १२:०४     293 जनाले पढ़िसके

१२ जेठ, काठमाडौं । काठमान्डौको दुई छुट छुटै ठाउँमा सिलिण्डर बिस्पोट हुदाँ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार सुकेधारा र अनामनगर घट्टेकुलोमा सिलिण्डर विस्फोटमा भएको हो ।
सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पु¥याइएको छ । घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ ।