ताजा समाचार


गोकुलगंगा गाउँपालिकाले सुरु गर्यो मोवाइल एप : सर्वसाधरणले छिटो र छरितो ढंगले सुचना पाउने

 नेपाल बाहक    १३ जेष्ठ २०७६, सोमबार ११:३१     817 जनाले पढ़िसके

रामेछाप , १३ जेष्ठ । गोकुलगंगा गाउँपालिकाले मोेवाईल एप सार्जजनिक गरेको छ । गाउँपालिकाको सुचना सर्बसाधरण सम्म छिटो र छरितो ढंगले पुराउन ,सेवा तथा सुविधा सम्बन्धि जानकारी प्रदान गर्न र नागरीकरहरुबाट आएको गुनासो तथा समस्याहरुको उचित व्यवस्थापन गर्न मोवाइल एप सार्वजनिक गरिएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले जानकारी दिनुभएको छ ।
सुचना तथा सन्चार प्रविधि मन्त्रालय , सुचना प्रविधि विभाग र स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमको सहकार्यमा एप सन्चालनमा ल्याइएको अध्यक्ष सुनुवारले जानकारी दिनु भएको छ । यस एपमा गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाहरु , गाउँपालिकाकोे बारेमा जानकारी , कार्यक्रम तथा परियोजनाहरु , आपतकालिन नम्बर, वडाका विवरणहरु , गाउँपालिकाका महत्वपुण स्थान लगायतका विवरणहरु राखिएको छ ।