ताजा समाचार


जिल्ला काराघार रामेछापका आठ जना कैदिलाई आम माफि

 नेपाल बाहक    १५ जेष्ठ २०७६, बुधबार १०:३६     734 जनाले पढ़िसके

रामेछाप , १५ जेष्ठ । जिल्ला काराघार रामेछापमा कैद जिवन बिताइ रहेका ८ जना कैदिको कैद मिनाहा भएको छ । गणतन्त्र दिवसका अवसरमा बिभिन्न मुद्याा कैदि जिवन बिताइ रहेकालाई सजाय आम माफि दिएको हो । आममाफी पाउनेहरुमा कर्तव्य ज्यान मुद्धामा जेल जिवन बिताइरहेका पोष्ट बहादुर जोगि कतब्य ज्यान ,प्रमिला विश्वकर्मा , सवारी मुद्धा तर्फका श्री लाल घिसिङ , राज कुमार तमाङ , पुष्कर श्रेष्ठ , जितेन्द्र बहादुर चन्द , मोहमद अफजत र ज्यान मार्ने उद्योगमा जेल परेका कविराज चेमजोङ रहेको जिल्ला कारागार कार्यालय रामेछाका सुचना अधिकारी सुमित कुमार चौधरीले जानकारी बताउनु भयो । गणतन्त्रको अबसारमा हरेक वर्ष असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने गरिएको छ । सुचना अधिकारी चौधरीले बताउनु भयो ।