काठमान्डौ , १६ जेष्ठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपि शर्मा ओली आज भारत जादैँ हुनुहुन्छ ।
प्रधानमन्त्री ओलि नेपाल एयरलाइन्सको विमानबाट दिउँसो साढे १ बजे भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहीबार बेलुकी हुने सपथग्रहण कार्यक्रममा सहभागी हुनुका साथै त्यसपछि भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले दिने रात्री भोजमा पनि सरिक हुनुहुनेछ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबार भेटवार्ता हुने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनु भएको छ। प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।