रामेछाप , २० जेठ । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले २२ जनालाई आज अपाङगता परिचयपत्र बितरण गरेको छ । नगरपालिकाले रामेछाप नगरपालिका वडा न. ८ र ९ मा परिपत्र वितरण गरेको हो । नगरपालिकाले वडा न. ८ मा १७ जना र ९ का ५ जनालाई परिचयपत्र वितरण गरेको हो ।
नगरपालिकाले वितरण गरेको परिचयपत्र मध्ये रातो कार्ड १ जनालाई, पहिलो कार्ड ९जनालाइ , निलो कार्ड ७ जनालाइ र सेतो कार्ड ५ जनालाई बितरण गरिएको छ । नेपाल सरकारले रातो कार्ड पाउनेको लागि मासिक रु २ हजार , निलो कार्ड पाउनेलाई मसिक ६ सय दिने गरेको छ भने पहेलो र सेतो कार्ड पाउनेलाई शिक्षा, स्वास्थ्य र यातयतमा छुट दिने गरेको छ ।