रामेछाप । जेठ २१ गते,
रामेछाप बाट काठमान्डौको लागि छुटेको मालवहाक ट्रक विपि राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको रोशी गाउँपालिकाको वडा नम्बर ६ चरङ्ेफेदिमा मोटरसाइकल संग ठोक्कीदा एकजनाको ज्यान गएको छ । बा४ ख ५२३७ नम्बरको मालवाहक ट्रक र बा ९५ प ७६८६ नम्बरको मोटर साइकल एक आपसमा ठोक्कीदा मोटरसाइकलको पछाडी बसेका सुनसरी जिल्लाको गणि गाउँपालिका २ का अमिन साफिको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइक चालक नजिर साफिको भने उपचारका लागि काठमाडौँमा पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपि जनकराज सापकोटाले जानकारी दिन भयो।