ताजा समाचार


रामेछापमा दलित जिल्लासभा तथा बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

 नेपाल बाहक    २१ जेष्ठ २०७६, मंगलवार १३:१३     634 जनाले पढ़िसके

रामेछाप । जेठ २१ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा नेपाल छुुवाछुत मुक्त मुलुक घोषणा भएको अवसरमा जिल्लासभा तथा सांस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । संयुक्त दलित संघ संस्था तथा संगठन मुल आयोजक समितिको आयोजनामा कार्यक्रम भएको हो । संयुक्त दलित संघ संस्था तथा संगठन मुल आयोजक समितिका संयोजक सरोज कट्वालको अध्यक्षता र संविधानसभा सदस्य तेज बहादुर मिजारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तेज बहादुर मिजार नेपालको संविधालेनै छुवनछुत अपराध उल्लेख गरेता पनि अझै समाजमा छुवाछुतको घटना हुनु दुःखद भएको बताए । उनले नेपालमा छुवाछुत साझा समस्याका रुपमा आएकाले यसलाई हुन नदिनका लागि सवै एक भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले समाजमा व्याप्त रुपमा रहेको छुवाछुत हटाउँका लागि मानसिकतानै बदलिनुपर्ने बताए । उनले मन्थली नगरपालिकालाई ५ बर्षभित्र छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने गरी विभिन्न कार्यक्रमहरु संचालन गरिएको बताए । यसका लागि आगामी आर्थिक बर्षको बजेटबाट ३ प्रतिशत बजेट लक्षित वर्गका लागि विनियोजन गरिएको नगरप्रमुख बस्नेतको भनाई छ ।
कार्यक्रममा नेकपाका नेता आनन्द श्रेष्ठ , नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की , दलित अधिकार कर्मी चक्रमान विक, गैर सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्न प्रसाद कडेल , नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठ लगाएतले छुवाछुत मुक्त जिल्ला बनाउँनका लागि लाग्नुपर्नेमा जोड दिए । ईमेज लोककलाकार सिजन–दुईको उपाधि बिजेता कलाकार रामकुमार नेपालीको टिमले छुवाछुत विरुद्धको चेतनामूलक सांगितिक प्रस्तुती दिएका थिए । यसअघि सदरमुकाम मन्थली बजारमा छुवाछुत विरुद्धको चेतना मूलक प्ले कार्ड बोकेर र्यालीको आयोजना गरिएको थियो । नेपाली मौलिक पञ्चबाजा सहित निस्कीएको र्यालीले बजार क्षेत्रको परिक्रमा गरेको थियो ।