ताजा समाचार


मिनिट्रकको ठक्करबाट एक जना गम्भिर घाईते

 नेपाल बाहक    २८ जेष्ठ २०७६, मंगलवार १२:२८     457 जनाले पढ़िसके

रामेछाप , २८ जेष्ठ । रामेछाप नगरपालिकाको भंगरीमा मिनिट्रकको ठक्करबाट एक जना गम्भिर घाईते भएका छन । मंगलबार बिहान मन्थली रामेछाप सडक खण्ड अन्तर्गत भंगेरीमा मन्थलीबाट रामेछाप बजार तर्फ आउँदै गरेको ६१ —०—६०० नम्बरको नेपाल सि आर एस कम्पनीको मोटरसाईकल लाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ३५१६ नम्बरको मिनिट्रकले ठक्कर दिदाँ मन्थली नगरपालिका वडा नम्बर १ का वर्ष २९ का भुवन थापा गम्भिर घाईते भएका छन् । घाईते थापाको खुट्टामा गहिरो चोट लागेको छ । थापालाई जिल्ला अस्पताल रामेछापमा हुन नसकेपछि थप उपचारको लागी काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यलय रामेछापका ईन्सपेक्टर रवि भुषण यादवले जानकारी दिएका छन् । मिनिट्रकका चालक प्रहरी चौकि रामेछाप डाँडाको नियन्त्रणमा रहेको बताइएको छ ।