२८ जेठ दार्चुला । दार्चुलामा बिद्यालयको शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको हो । मंगलबार शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको प्रहरीको भनाइ छ । ज्यान गुमाउनेमा अन्दाजी ७र८ वर्षकी निरुता ठगुन्ना, ९र१० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ८र९ वर्षका सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।