ताजा समाचार


मन्थली नगरपालिकाको वडा नं १३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

 नेपाल बाहक    २९ जेष्ठ २०७६, बुधबार १३:५१     570 जनाले पढ़िसके


रामेछाप २९ जेष्ठ। रामेछापको मन्थली नगरपालिका वडा नं १३ फुलासीले प्रवाह गरेको सार्वजनिक सेवाको प्रभाकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार वडा कार्यालयमा सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र९इन्सेक० र मानवअधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाको सहजिकरणमा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा सचिव कुलबिक्रम श्रेष्ठले वडा कार्यालयले सम्पादन गरेको कामको बारेमा जानकारी दिएको थिए । उनले यस वर्ष नगरपालिकाका २६ वटा, प्रदेश सरकारका ३ वटा र केन्द्र सरकारका एक योजना वडामा सञ्चालनमा रहेको जानकारी दिए । त्यस्तै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका ४ वटा योजना पनि सञ्चालनमा रहेको उनले जानकारी दिए । ती मध्ये ८० प्रशित भन्दा बढी काम सम्पन्न भएको श्रेष्ठले जानकारी दिए ।
यस आर्थिक वर्षको दैनिक सेवा प्रवाह तर्फ ९ सय २४ वटा शिफारिस तथा १ सय ७३ वटा पञ्जिकरणको काम भएको पनि उनले जानकारी दिए । त्यस्तै १ सय ३६ जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको र ५ वटा विवादहरु मिलाइएको पनि उहाँले जानकारी दिए । यस अवधिमा ५९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको, निजि आवास निर्माण तर्फ ७ सय २८ घरधुरीमध्ये ६ सय ७१ घर निर्माण सम्पन्न भएका तथा २५ घरको प्रवलिकरणको काम सम्पन्न भएको उनले जानकारी दिए ।
कार्यक्रमका सहभागिहरुले निर्माणाधिन देवीटार फुलासी सडक गुणस्तरीय बनाउनु पर्ने, शिक्षाको क्षेत्रमा सुधार गर्नु पर्ने तथा खानेपानीको संकट समाधानको लागि काम गर्नु पर्ने सुझाव दिएका थिए । सहभागिको प्रश्नको जवाफ दिँदै वडाअध्यक्ष राजेन्द्र चौहानले नागरिकबाट आएका सुझाव र गनासोलाई सम्बोधन गरि अघि बढ्ने प्रतिद्धता व्यक्त गरे ।
कार्यक्रममा सडक निर्माणको काममा गुणस्तरीयता प्रदान गर्ने, वडामा रहेका सामुदायीक विद्यालयलाई शैक्षिक व्यवस्थापन प्रभाकारी वनाउँदै भौतिक निर्माणको काम निर्धारित समयमा समापन गर्ने गरी काम गर्ने र जीवनसंग जोडिएको खानेपानी तथा सरसफाईको कार्यक्रम सञ्चालन गर्ने ३ बुँदे प्रतिवद्धता जारी गरिएको छ । कार्यक्रमको सहजिकरण मानवअधिकारकर्मी पत्रकार नवराज पथिक र कैलाश खत्रीले गरेका थिए ।