रामेछाप, ३० जेष्ठ । रामेछाप प्रहरीले ट्रेकिङ्काको क्रममा हराएका एक पर्यटकको उद्धार गरेको छ । गोकुलगंगा गाउपालिका र उमाकुण्ड गाउँपालिकामा पर्ने नुम्वुरको ट्रेकिङ् सर्किटको लागि जाने क्रममा लेक लागेपछि साथि संग छुटिएका काभ्रे जिल्लाको धुलिखेल नगरपालिका ३ बस्ने ३४ बर्षिय मनिश युगल श्रेष्ठको उद्धार गरेको रामेछाप प्रहरीले प्रेस बिज्ञप्ति जारी गरी जानकारी गराएको हो ।
जिल्ला प्रहरी कार्यलय बाट खटिएको टोलिले श्रेष्ठलाई जेष्ठ २९ गते बुधबार गोकुलगंगा गाउँपालिका वडा न. १ मानेडाडाँबाट उद्धार गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । हराएको ४ दिन पछि फेला परेका श्रेष्ठको स्वास्थ्य अवस्था कमजोर रहेर हिड्न नसक्ने अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको उद्धारको पछि मौसम प्रतिकुलता र भौगोलिक कारण सदरमुकाम ल्याउन कठिन भएको प्रहरी निरिक्षक रबि भुषण यादव द्धरा जारी बिज्ञप्तिमा जनाइएको छ ।