ताजा समाचार


जिल्ला युवा समिति रामेछापको आयोजनामा सामुदायिक विद्यालयहरुमा वृक्षारोपण कार्यक्रम सम्पन्न

 नेपाल बाहक    ३० जेष्ठ २०७६, बिहीबार ०९:५७     660 जनाले पढ़िसके

रामेछाप । जेठ ३० गते
राष्ट्रिय युवा समितिको सहयोग तथा जिल्ला युवा समिति रामेछापको अयोजना र जिल्लाका विभिन्न विद्यालयहरुसँगको सहकार्यमा रामेछापका विभिन्न सामुदायिक विद्याल हातामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका मन्थली नगरपालिकाको मन्थली मावि, भैरवी मावि सुनरापानी, नागकन्या मावि मन्थली तथा शारदा मावि गेलु र खाँडादेवी गाउँपालिकाको प्रशुन कँडेल भिमिश्वर माविमा रुद्राक्ष, अशोक, धुपी लगायतका विभिन्न जातका विरुवाहरु रोपिएको छ ।
विद्यालय व्यवस्थापन तथा विद्यालय प्रशासनसँगको सहकार्यमा विरुवाहरु रोपिएको जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाशकुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार ५ वटा विद्यालयमा २ सय ५० वटा विरुवा रोपिएको छ । ती मध्ये सबैभन्दा बढी मन्थली माविमा एक सयवटा विरुवा रोपिएको छ । वृक्षारोपण कार्यमा जिल्ला युवा समितिका अध्यक्ष प्रकाश कार्की, मन्थली सहिद स्मृति क्याम्पका व्यस्थापन समिति अध्यक्ष रामचन्द्र वियोगी, विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहाल, युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।