ताजा समाचार


अनिवार्य मुल्य अभिवृद्धि करमा जानु पर्ने नीतिले मारमा परेको रामेछापका सिलाइ कटाइ व्यबसायिको गुनासो (ज्ञापन पत्र सहित)

 नेपाल बाहक    ३० जेष्ठ २०७६, बिहीबार १२:१०     1307 जनाले पढ़िसके

रामेछाप , ३० जेष्ठ । सिलाई व्यवसायलाई अनिवार्य रुपमा मुल्य अभिवृद्धि करमा दर्ता गराउनु पर्ने सरकारी नितिले आफुहरु मारमा परेको रामेछापका सिलाइ कटाई व्यबसायिहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारको यो नीति सच्याउन समेत मा गरेका छन् ।
नेपाल सिलाइ तथा कटा

????????????????????????????

ई व्यबसायि संघ जिल्ला कार्य समिति रामेछापले बिहिबार जिल्ला प्रशासन कार्यलय रामेछाप मार्फत अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संघका जिल्ला अध्यक्ष गोपाल नेपालीद्वरा हस्तक्षर गरिएको ज्ञापन पत्रमा आ।व ०७५÷७६ को बजेटमा सिलाइ कटाई व्यबसायिलाई अनिबार्य भ्याटमा दर्ता हुनु पर्ने निति सार्वजनिक हुदाँ आफुहरुको ध्यान आकर्षण भएको बताइएको उल्लेख छ ।
ज्ञापन पत्रमा यो नीति आफूहरुको प्रतिकुल हुने हुदाँ तत्काल लागु नगर्न समेत अग्रह गरिएको छ । सिलाई कटाई व्यबसायिको माग प्रति सरकारले ध्यान नदिए आम्दोलनमा उत्रिन बाध्य हुने समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले व्यवसायीहरुको पत्र जस्ताको तस्तै मन्त्रालयमा पठाइदिने बताइन् ।