ताजा समाचार


पौडि खेल्न क्रममा सुनकोसीमा डुबेर एक जना बेपत्ता

 नेपाल बाहक    ३० जेष्ठ २०७६, बिहीबार १३:३०     514 जनाले पढ़िसके

सिन्धुली , ३० जेष्ठ । पौडि खेल्ने क्रम सुनकोसीमा डुबेर एक जना बेपत्ता भएका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कुशेश्वर दुम्जा कुशेश्वर मन्दिर नजिकै सुनकोसी नदीमा डुबेर काठमाडौंको किर्तिपुर नगरपालिका घर भएका अन्दाजी २५ वर्षीय अमृत लामा बेपत्ता भएका हुन् । काठमाडौंबाट सिन्धुलीको कुशेश्वर मन्दिर घुम्न आएका लामा सहित ४ जना साथीहरु सहित सुनकोसी नदीमा पौडी खेल्ने गएका थिए । उनी सङ्गै पौडी खेल्न गएका अन्य साथीहरुले साथी हराएको जानकारी गराए पछि प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताउनु भएको छ ।