ताजा समाचार


काठमान्डौ बाट रामेछापको लागि छुटेको बस दुर्घटना : २ जनाको मृत्यु १३ घाइते

 नेपाल बाहक    ३१ जेष्ठ २०७६, शुक्रबार ०४:४९     370 जनाले पढ़िसके


रामेछाप , ३१ जेठ । काठमान्डौ बाट रामेछापको लागि छुटेको बस दुर्घटना हुदाँ २ जनको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बिहिबार काठमाण्डौबाट रामेछापका लागि छुटेको बा २ ख ७२४२ नम्बरको अरनिको यातायात सेवा समितिको बस बिहीबार राति लखनपुरको गुरासेँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर ज्यान गुमाउनेमा दोरम्बा गाउँपालिका ६ का उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन् । उनिहरु लाई दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा बीच बाटोमा नै मृत्यु भएको रामेछाप प्रहरी जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । चालकले मादक पर्दाथ सेवन गरेर गाडी चलाएकाले सो घटना भएको बताइएको छ ।