ताजा समाचार


रामेछापमा खर्च हुन नसकेका बजेटका बारेमा नागरिक स्तरमा छलफल गरिने

 नेपाल बाहक    ३१ जेष्ठ २०७६, शुक्रबार १३:३५     509 जनाले पढ़िसके

रामेछाप , ३१ जेष्ठ । रामेछाप जिल्लाका बिषयगत कार्यालयहरुले खर्च गर्न नसकेको निधारीत बजेटका बिषयमा नागरिक स्तरमा छलफल गरिने भएको छ । युएसएआडीको आथिएक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा संचालित नागरिक समाज पारस्परिक जवाफदेतिा परियोजनाले शुक्रबार आयोजना गरेको नागरिक समाज र पत्रकार बिचको छलफल कार्यक्रमा सो निर्णय भएको हो ।
मानव अधिकार संरक्षण संजाल रामेछाप ( हेड नेटवर्क) संगको समन्वयमा आयोजित कार्यक्रममा सहभागिहरुले जिल्लाको अधिकांस कार्यालयहरुमा बनेका योजनाहरुको काम हुन नसक्दा बजेट खर्च गर्न नसकेको बताए । सोही विषयलाई लिएर नागरिक समाजः पारस्पारिक जवाफदेहीता परियोजनासँग सहकार्य गरी गैर सरकारी संस्था महासंघले चाडैनै यसबारेमा बिषयगत कार्यालयहरुसंग छलफल गर्ने निर्णय भएको हो ।
कार्यक्रमले विगतमा जस्तै अहिले पनि असार महिनामा हुने गरेको विकासका कामहरुको प्रभावकारिताका बारेमा पनि सारोकारवाला निकायसंग छलफल गर्ने निर्णय गरेको छ । कार्यक्रमका सहभागिहरुले जिल्लाको धेरै स्वास्थ्य संस्थाहरुमा अहिले पनि कर्मचारीहरु नियमित कार्यालय नआउने र शैक्षिक संस्थाहरुमा नियमित सरसफाईको प्रवन्ध नभएको तथा आवश्यक नियमित गर्नुपर्ने कामका बारेमा अपडेट नगरिएको , विद्यालय सुरक्षाको आधारभूत बिषयमा समेत ध्यान नदिने गरिएको गुनासो गरेका छन् । यस विषयमा समेत सरोकारवाला निकायको ध्यानाकर्षण गराउने सञ्जालले निर्णय गरेको छ ।

यसै बिच अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शुक्रबार मन्थलीमा आयोजना गरेको विकासका लागि नागरिक सामाज र सञ्चार जगतबीच सहकार्य बिषक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मानव अधिकार संरक्षण सञ्जालका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार र नागरिक समाज बिच सहकार्य नहुँदा कतिपय उठाउनु पर्ने विषय पत्रकारले उठाउन नसकेको पत्रकारहरुले गुनाुरो गरेका थिए ।
नागरिकका सवालमा काम गर्नका लागि मानव अधिकार संरक्षण सञ्जाले नागरिक स्तरको अवलोकन भ्रमण र निगरानी बढाउनुपर्ने कार्यक्रममा सहभागिहरुले सुझाव दिए । कार्यक्रममा नेपाल बार यसोसियसन रामेछापका अध्यक्ष बिचारसिंह तामाङ , गैर सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्न प्रसाद कडेल, नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठ, नेपाल अदिबासी जनजाती महासंघका पूर्व अध्यक्ष खड्क आले मगर , नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष अप्रील अधिकारी , नेपाल राष्ट्रिय दलित कल्याण संघ रामेछापका अध्यक्ष लेख बहादुर विकले मुलुक नयाँ संरचनामा गएर नयाँ ढंगले अगाडी बढ्दा पनि विकासका असारे काम जस्ताको तस्तै रहेको बताए । उनीहरुले यसको लागि नागरिक समाज र पत्रकार सामुहिक रुपले लाग्नु पर्ने बताएका थिए ।
कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका अध्यक्ष पाण्डव प्रसाई तथा मानवअधिकारकर्मी नवराज पथिकले कार्यक्रमबाट आएको कुराहरुका बारेमा सरोकारवाला निकायसंग छलफल गरी खबरदारी गरिने बताए । कार्यक्रममा कानुन् व्यवसायीहरु , जिल्लाका विभिन्न सञ्चार माध्ययममा आवद्ध सञ्चारकर्मीहरु , नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।