सिन्धुलि , ३१ जेष्ठ । सिन्धुलिमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ निवासी ४५ बर्षिय भिमनाथ कुँमरको रहेका छन् । दुधौली नगरपालिका–१ का वडा सचिब हेडम्बराज अधिकारीका अनुसार कमला नदिको बगरमा गाई बस्तु चराएर घर फर्किने क्रममा बिहिबार साँझ करिब साढे ७ बजेतिर पानी परेपछि रुखमा ओत लाग्ने क्रममा चट्याङ लागेर कु्ँमरका घट्नास्थलमा नै ज्यान गएके थियो । सचिव अधिकारीका अनुसार चट्याङले रुखलाई हिर्काउदा कुँमरलाई पनि लागेको हो ।