ताजा समाचार


रामेछापको खाँडादेवी गाउँपालिका युवामैत्री उन्मखु

 नेपाल बाहक    १ असार २०७६, आईतवार ०४:५८     371 जनाले पढ़िसके

रामेछाप । असार १ गते
रामेछापको खाँडादेवी गाउँपालिका युवामैत्री उन्मुख गाउँपालिका भएको छ । राष्ट्रिय युवा परिषदले गरेको मुल्याङ्कनमा सो गाउँपालिका युवामैत्री उन्मुख गाउँपालिका बनेको हो ।
परिषदले गरेको मुल्याङ्कनमा कुल एक सय अंकमा ४६ अंक प्राप्त गरि सो गाउँपालिका युवामैत्री उन्मुख गाउँपालिका भएको परिषदका श्यामकाजि खत्रीले जानकारी दिए ।
मुल्याङ्कनको नतिजा सार्वजनिक पछि गाउँपालिकामा परिषदले आयोजना गरेको युवामैत्री स्थानीय तह दिग्दर्शन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले अब बाँकि मापदण्ड पुरागरी गाउँपालिकालाई युवा मैत्री पालिका बनाउने बताए ।
राष्ट्रिय युवा परिषदका प्रशासकिय अधिकृत बाबुराम ढुँगानाले युवा भोलिका आधार भएकाले उनीहरुलाई लक्षित गरी हरेक गाउँपािलकाका कार्यक्रम अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले गाउँपालिकाका अबका कार्यक्रम युवा लक्षित भएर अघि बढ्ने बताइन् । उनले प्रहिलो सर्वेक्षणमा नै आप्mनो गाउँपालिका युवा मैत्री उन्मुख भएकोमा खुसी व्यक्त गरिन् ।
जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कार्कीले युवाका कार्यक्रम अहिले पनि राज्यको प्राथमिकतामा नपरेको बताउँदै युवा लक्षित कार्यक्रमले मात्र अबको समाजले गति लिने बताए