ताजा समाचार


नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम मन्थली नगर परिषद सम्पन्न

 नेपाल बाहक    १ असार २०७६, आईतवार ०६:३५     609 जनाले पढ़िसके

रमिला खड्का

रामेछाप  १ असार ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम मन्थली नगर परिषद शनिबार मन्थलीमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व राष्ट्रिय पार्षद,पूर्व जिल्ला अध्यक्ष, जिल्ला सल्लाहकार एवम् वरिष्ठ प्रधानाध्यापक पवनराज पौडेलको प्रमुख आतिथ्यता र संंगठनका नगर अध्यक्ष सञ्जीव श्रेष्ठकोे अध्यक्षतामा नागकन्या माध्यामिक विद्यालय मन्थलीमा सम्पन्न भएको हो । पूर्व अध्यक्ष एवं जिल्ला सल्लाहकार शंकरप्रसाद ढुंगेल,केन्द्रिय प्रतिनिधि दिनेश थापा, प्याब्सन केन्द्रिय सदस्य एवं संगठनका जिल्ला सल्लाहकार धनलाल योञ्जनको आतिथ्यतामा भएको हो ।
पूर्व अध्यक्ष एवं जिल्ला सल्लाहकार शंकरप्रसाद ढुंगेलका अनुसार कार्यक्रममा मन्थली नगरपालिका भित्रका शिक्षकहरुको पेसागत उन्नयनमा समर्पित भएर अझ गुणस्तरीय शिक्षामा शिक्षक प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिइएको थियो । परिषद्बाट आम शिक्षकको पेशागत मर्यादामा बृद्धि समान वेतन,साझा समस्याहरुको पहिचान गरी सम्बन्धित सरोकारवालासंग छलफलगरी तुरुन्त समाधान गर्न माग गरिएको थियो । मन्थली नगरपालिका भित्र रहेका शिक्षकहरुलाई नेपाल राष्ट्रिय शिक्षक संगठनमा गोलबन्दी गरी आगामी असार २१ गते हुने जिल्ला परिषद्लाई सफल पार्ने प्रतिवद्द भएर लाग्ने पनि यही कार्यक्रमबाट उद्घोष गरिएको छ ।
कार्यक्रममा संगठनकी उपाध्यक्ष पार्वती पाठकले स्वागत गरेकी थिईन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पवनराज पौडेलले शिक्षकहरु आफ्नो मर्यादामा रहेर पठनपाठन गराउनुपर्नेमा जोड दिए । उनले आफ्नो पेसालाई मर्या्िदत बनाउन पनि सम्पूर्ण शिक्षकहरूलाई आग्रह गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । संगठनका सदस्य बाबुराम भण्डारीले सञ्चालन गरेका यस कार्यक्रममा अतिथिहरुले पेशागत हकहितका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नगर अध्यक्ष श्रेष्ठले सबै शिक्षकहरुको समस्यालाई निदान गर्न एक भएर अघि बढ्न प्रेरित गरी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।