रामेछाप २ असार । जिल्ला प्रशासन कार्यलय रामेछापले आज बाट सेवाग्रहिको लागि औषधि सहितको निशुल्क स्वास्थ्थ परिक्षण सेवा सुरु गरको छ । मन्थली नगरपालिका र तामाकोसि सहकारी अस्पाताल मन्थली रामेछापको ब्यबस्थापनमा स्वास्थ्थ परिक्षण सेवा सुरु गरेको हो । औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवाको सोमबार जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले ब्यानर पढेर उद्घघाटन गर्नु भएको हो । प्रशासनमा सेवा लिन आउँने सेवाग्राहीहरुको प्रत्येक हप्ताको सोमबार निशुल्क औषधी सहित स्वास्थ्य परिक्षण गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख खड्काले जिल्लाको ८ वटै स्थानीय तहबाट प्रशासनिक सेवा लिन आउँने सर्वसाधारणहरुलाई यो सुवा सुरु भएसंगै ठुलो राहात भएको बताउनु भएको थियो । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जिल्ला प्रशासन कार्यालयबाट औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा संचालनका लागि नगरपालिकाले औषधी सहयोग गरेको बताए । उनले यो सेवालाई निरन्तरताका लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले मन्थली नगरपालिका र तामाकोशी सहकारी अस्पतालको सहयोगमा औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरिएको बताउनु भयो ।