ताजा समाचार


रामेछापमा दुई महिला बलात्कृत

 नेपाल बाहक    २ असार २०७६, सोमबार ११:३७     587 जनाले पढ़िसके

रामेछाप २ असार । रामेछाप जिल्ला लिखु तामाकोेसि दुई महिला बलत्कृत भएका छन् । आइतबार धोबि बाट मन्थली आउने क्रममा ट्रकमा चडेका उनिहरुलाई सोहि ट्रक चालकको समुहले बलत्कार गरेको रामेछापका प्रहरी प्रवत्ता शेख अदालतले जानकारी दिनु भयो ।
उनिहरुलाई लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङको ढ्याङग्रेको जंगलमा एक विवाहित र एक जना अविवाहित महिलामाथि ट्रकमा सवार व्यक्तिहरुले बलात्कार गरेका थिए । जङगलमा बलत्कार गरेर चालकले आइतवार दिउसो करिब तीन बजे हलेदे नजिकै ल्याएर छोडिएका दिएका थिए ।
घटनामा संलग्न सिन्धुली घर भएका बर्ष २५ का विजय मगरलाई पक्राउ गरिएको रामेछाप प्रहरी जनाएको छ । पक्राउ परेका मगरलाई म्याद थप गरेर अनुसन्धान गर्ने प्रक्रिया अगाडि बढेको छ ।