ताजा समाचार


मन्थली नगर कार्यपालिकाको बैठकमा नगर प्रमुख माथि आक्रमण : नगर प्रमुखको टाउकोमा चोट

 नेपाल बाहक    २ असार २०७६, सोमबार १५:१२     2927 जनाले पढ़िसके

रामेछाप २ असार । मन्थली नगरपालिकाको २७ औँ बैठकमा नगर प्रमुख रमेश कुमार बस्नेत र प्रमुख प्रशासकिय अधिकृत टेक कुमार रेग्मी माथी कुर्सि , चियाको गिलास र पानीको बोतल प्रहार भएको छ । ०७६ असार २ गते नगर कार्यपालिका बैठक चलि रहेको बेला कार्यपालिका सदस्यहरुले आक्रमण गर्दा नगर प्रमुख बस्नेत भएका छन् ।
नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरि सो घटनाको जानकारी गराएको हो । सोमबार पत्रकार सम्मेलन गरि नगरप्रमुख बस्नेतले कामनै नगरेका पुराना योजनको रकम भुक्तानी हुनु पर्ने माग उठाउँदै वडा नं ५ का वडाअध्यक्ष रामबहादुर कार्की, वडा नं १२ का वडाअध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालका सदस्य उद्धव रम्तेल लगायतले कुर्सी, नेमप्लेट, चियाको ग्लास, पानीका बोतल लगायतले आक्रमण गर्दा आप्mनो टाउकोमा चोट लागि रगत बगेको जनानकारी दिए ।
पत्रकार सम्मेलनमा नगरप्रमुख बस्नेत र प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले हस्ताक्षर गरि वितरण गरिएको प्रेस विज्ञप्तिमा नगर कार्यपालिकाको २७ औँ बैठक सञ्चालन भइरहेको बेला आवश्यक विधि प्रक्रिाय पुरा नगरेको हुँदा वडा नं ५ को अधिल्लो आर्थिक वर्षमा सञ्चालित योजना र कार्यक्रमको भुक्तानी गर्न नसकिने देखिएकोले त्यस बारेमा छलफल हुँदा केही कार्यपालिका सदस्यले जसरी भए पनि भुक्तानी दिनु पर्ने भन्दै आक्रमण गरेको उल्लेख छ ।
कसैले धम्याउने, आक्रमण गर्ने वा वल देखाउने कार्यले आपूm बिचलित नहुने नगरप्रमुख बस्नेतले बताए । उनले यस्ता कार्यका विरुद्ध आफु लडि रहने पत्रकार सम्मेलनमा बताए ।