ताजा समाचार


रामेछाप नगरपालिका वडा न. १ गोठगाउँको सार्वजनिय सुनवाई कार्यक्रम सम्पन्न

 नेपाल बाहक    ३ असार २०७६, मंगलवार ०८:०१     1023 जनाले पढ़िसके

रामेछाप । ०७६ असार ३ गते
वडा कार्यालयले चालु आर्थिक वर्षमा प्रवाह गरेको सेवाको गुणस्तरीयता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम ०७६ असार २ गते रामेछाप नगरपालिका–१ गोठगाउँमा सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजना तथा अनौपाचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० र मानवअधिकार सचेतन तथा विकास केन्द्र ९हुराडेक० नेपाल दोलखाको सहजिकरणमा भएको सो सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव दुर्गाबहादुर कठायतले यस आर्थिक वर्षमा सो वडामा कुल ९० लाख रुपैयाँका योजनाहरु सञ्चालनमा रहेको जानकारी दिए । ती मध्ये अधिकाँस योजनाहरु सम्पन्न भई सकेको उनले बताए ।
त्यसैगरी सामाजिक सुरक्षा अन्तर्गत पहिलो किस्तार १८ लाख १२ हजार ८ सय रुपैयाँ निकासा भएकोमा ३६ हजार रुपैयाँ फिर्ता गएको तथा दोस्रो किस्ताको १७ लाख ८२ हजार निकासा भएकोमा ४२ हजार रुपैयाँ फिर्ता गएको उनले बताए । यसैगरी २ सय ७२ वटा शिफारिस र १ सय ६३ वटा पञ्जिकरणको काम भएको उनले बताए ।
पुननिर्माण तर्फ ६ सय ३० लाभग्राही मध्ये सबैले पहिलो किस्ता र ६ सय १९ घरले दोस्रो किस्ता रकम लिएको उनले जानकारी दिए । त्यस्तै ४ सय ८० परिवारले अन्तिम किस्ता रकम पनि लिई सकेको उनले बताए । गुनासो भर्ने सहित ७ सय २९ घर भूकम्प प्रभावित रहेको उनले जानकारी दिए ।
कार्यक्रममा सहभागिले वडा कार्यालयबाट प्रभावकारी अनुगमन हुन नसकेको, पशु र कृषिका कार्यक्रम प्रभावकारी नभएको, शिक्षाको गुणस्तर कमजोर भएको, भुकम्प पीडितको अन्तिम किस्ता रकम भुक्तानीमा ढिलाई भएको, स्थान विवादका कारण स्वास्थ्य चौकीको भवन निर्माण हुन नसकेको गुनासो गरेका थिए ।

सर्वाजनिक सुनुवाईमा उठेका गुनासोलाई सम्बोधन गर्ने गरी वडाकार्यालय अघि बढ्ने वडाअध्यक्ष नरबहादुर थापाले प्रतिवद्धता व्यक्त गरे । सार्वजनिक सुनुवाईमा उठेका विषयलाई सम्बोधन गर्ने गरी ६ वुँदे प्रतिवद्धता जारि गरिएको छ ।