ताजा समाचार


रामेछापका स्थानिय तहमा निर्माण भएको शिक्षा सुधारका घोषणापत्र कार्यान्वयनको नागरिक अनुगमन तथा पैरवी गरिने

 नेपाल बाहक    ४ असार २०७६, बुधबार १२:५३     357 जनाले पढ़िसके

रामेछाप । असार ४ गते,
मानवअधिकार संरक्षण सञ्जाल रामेछापले जिल्लाका विभिन्न पालिकाले निर्माण गरेको शिक्षा सुधारका घोषणापत्रको कार्यान्वयनको नागरिक स्तरको अनुगमन तथा पैरवी गर्ने भएको छ । साथै सञ्जालले पालिका स्तरमा सुशासन निति, तथा कार्यविधि निर्माण गरी कार्यान्वनको लागि पनि स्थानीय सरकारसँग सहकार्य र पैरवी गर्ने भएको छ ।
रामेछापको सदरमुकाम मन्थलीमा रामेछापको पैरवी सवाल र नागरिक समाजको भुमिकाको बिषयमा बुधबार भएको छलफलमा सो निर्णय भएको हो । कार्यक्रम युएसएआइडीको सहयोग, एफ.एच.आई ३६० तथा हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाजःपारस्पारिक जवाफदेहीता परियोजनाको आयोजना र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको समन्वयमा भएको हो ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्इातामा भएको कार्यक्रममा मन्थली नगरपालिका शिक्षा शाखका प्रमुख हेमन्त बुढाथोकी र मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयालले आपूmहरुले सम्बन्धित क्षेत्रको सुधारका लागि गरेका काम र त्यसको सुधारको लागि नागरिक समाजले सहयोग गर्नु पर्ने क्षेत्रको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईले मानवअधिकार संरक्षण सञ्जाल रामेछापले पैरवीको सबालमा अहिलेसम्म गरेका कामका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । उनले मानव अधिकार संरक्षण सञ्जाल रामेछापले नागरिको प्रत्यक्ष सरोकारका सवालमा सरोकारवाला निकायसंग सहकार्य तथा खबरदारी गर्ने काम गरि रहेको बताए ।
एफचएआइ ३६० का पैरवीविज्ञ भोला भट्टराईले नागरिक स्तरबाट संगठित रुपमा उठाइने आवाजले सेवा प्रदायक निकायको नीति निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने भएकोले यस्ता मञ्च र निरन्तर पैरवी आवश्यक रहेको बताए । टिपिओ नेपालका निर्देशक सुरज कोइरालाले स्वास्थ्यको क्षेत्रमा नागरिक स्तरबाट पैरवी चलाउँदा अब मनोसामाजिक स्वास्थ्यको क्षेत्रलाई समेत पैरवीमा समेट्नु पर्ने बताए ।
कार्यक्रममा सहभागिहरुले अझै पनि जिल्लामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै समस्याहरु देखा परेकाले यसको समाधानतिर लाग्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । कार्यक्रममा नागरिक समाजःपारस्परिक जवाफदेहिता परियोजना हुराडेक दोलखालका कार्यक्रम संयोजक नवराज पथिकले कार्यक्रममा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुले गरेका प्रतिवद्धताहरु पुरा हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा रेडक्रस रामेछापका सभापति शिव कुमार कार्की ,जिल्ला बार यसोसियसन रामेछापका अध्यक्ष विचासिंह तामाङ,नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष खड्ग आलेमगर, अधिकारकर्मी, कानुन् व्यवसायीहरु , नागरिक समाजका अगुवाहरु,सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।