ताजा समाचार

विप्लव समुहका रामेछाप इन्चार्ज पक्राउ

 नेपाल बाहक    ५ असार २०७६, बिहीबार ११:००     332 जनाले पढ़िसके

रामेछाप । असार ५ गते,
विप्लव समुह रामेछाप इन्चार्ज कुलदिप तामाङलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ छन् । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार कुलदिपलाई भक्तपुरबाट पक्राउ गरिएको हो भने अन्य काठमाडौंबाटै पक्राउ परेका हुन् । पक्राउ परेकाको साथबाट प्रतिबिन्धत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको पर्चा भेटिएका छन् । समूहले बिहीबार साँझ उपत्यकामा राँके जुलुस निकाल्ने घोषणा गरेको थियो । त्यहीँ क्रममा उनीहरु उपत्यका छिरेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पक्राउ परेकाहरुले प्रहरीसँग इन्कारी बयान दिएका छन् । अनुसन्धान अधिकृतका अनुसार अधिकांशले उपचारका लागि काठमाडौं आएको दाबी गरेका छन् ।