ताजा समाचार


ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा अटो रिक्सा दुर्घटना, ३ जना गम्भिर घाइते

 नेपाल बाहक    ५ असार २०७६, बिहीबार ११:५८     458 जनाले पढ़िसके

ओखलढुंगा , असार ५ गते । सिद्धिचरण नगरपालिका ४, रुम्जाटारबाट विद्यार्थी बोकेर सदरमुकाम ओखलढुंगातर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटना भएको छ । दुर्घटनमा परि ४ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा ३ जना गम्भिर भएका छन् । हेलीकप्टरबाट थप उपचारका लागी काठमाण्डौ लगिएको छ । २ ह ४९०० नम्बरको अटो सडकबाट चिप्लिएर १ सय मिटर तल खसेको थियो । अत्याधिक गतिमा रहेको अटो चिप्लिएर दुर्घटना भएको हुन सक्ने ओखलढुंगा प्रहरीले अनुमान गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम आएका रुम्जाटार माध्यमिक विद्यालयका विद्यार्थी बोकेको अटो सिद्धिचरण नगरपालिका ५ स्थित माथिल्लो ढुंग्रेमा भीरबाट खसेर बिहीबार ११ः३० मा दुर्घटना भएको थियो । चालक सहित पाँच जना रहेका घाइते विद्यार्थीहरु रुम्जाटार माविका विद्यार्थीहरु रहेका छन् ।

घाइते हुनेहरुमध्ये गम्भिर घाईते भएका सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका खड्ग नारायण श्रेष्ठ, खिजीदेम्वाका फुरी शेर्पा, सुनकोसी गाउँपालिकाका भरत राई र चालक सानुराम दाहाललाई थप उपचारका लागी काठमाण्डौ लगीएको हो । अर्का एक विद्यार्थी युवराज कट्वालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ, भने सामान्य घाइतेको खुट्टाका हड्डी भाँचिएको छ । प्राथमिक उपचारपछि घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाण्ठौ लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख पुष्पराज मल्लले बताउनु भयो ।