ताजा समाचार


 रामेछापमा एम्बुलेन्स दुर्घटना : चाकलको मृत्यु 

 नेपाल बाहक    ८ असार २०७६, आईतवार ०३:५३     575 जनाले पढ़िसके

रामेछाप, असार ८ गते । मन्थली नगरपालिका ६ कुनाउरीमा एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नं को एम्बुलेन्स दुर्घटना परि एक जना घाइते भएका छन् । सिन्धुलीबाट मन्थली विरामी लिन आउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा परी सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं ७ बस्ने बर्ष २३ का निर बहादुर श्रेष्ठ मृत्यु भएको हो । घाइते हुनेमा सोही ठाउँका १८ वर्षिय सुरज श्रेष्ठ रहेको छ । घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिनुभएको छ ।