रामेछाप, असार ११ गते । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका निर्वाचित जनप्रतिनिधि तथा नारिक अगुवाहरुको लागि सञ्चालित सुशासनका औजारहरुको अभिमूखिकरण कार्यक्रम बुधबार गोलञ्जोरको ग्वालटारमा सम्पन्न भएको छ । गाउँपालिकासंगको समन्वयमा नागरिक समाज ःपारस्पारिक जवाफदेहीता परियोजनाले कार्यक्रम आयोजना गरेको हो ।
युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित सो परियोजनका रामेछाप जिल्ला कार्यक्रम संंयोजक नवराज पथिकले नेपालमा प्रचलनमा रहेका सुशासनका औजार र त्यसको महत्वको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा परियोजनाकी सिन्धुली जिल्ला संयोजक सुष्पा भुजेलले स्थानीय सरकार र नागरिक बिच सम्बन्ध सुमधुर बनाई स्थानीय समस्याको समाधान स्थानीय स्तरमा नै खोज्ने अभिप्रायका साथ कार्यक्रम सञ्चालन गरेको बताइन् ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णहरि न्यौपाने सुशासनका औजारहरुको प्रयोगका बारेमा जानकारी प्राप्त भएको भन्दै गाउँपालिकाले यसको प्रयोग गर्दै लैजाने बताए । कार्यक्रममा वडाअध्यक्षहरु तथा गाउँकार्यपालिका सदस्य तथा नागरिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसै बिच सोही परियोजनाको आयोजनामा साझेदारी मञ्चको बैठक समेत सम्पन्न भएको छ । स्थानीय सरकारले गरि रहेका काम र त्यस प्रति नागरिकहरुको जिज्ञाशा तथा गुनासो सुनि त्यसको समाधान खोज्ने उद्देश्यले आयोजना गरिएको बैठकमा नागरिक समाजका प्रतिनिधिहरुले महिलाको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको गुनासो गरेका थिए । प्रमुख प्रशासकिय अधिकृतले कर्मचारी अभाकै कारण काम प्रभाकारी नभएको बताउँदै अब स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाएर अघि बढ्ने बताए ।