ताजा समाचार


काठमान्डौमा तिखो बस्तुले युवतिलाई घोच्ने रामेछापका सन्तोष कार्की प्रकाउ

 नेपाल बाहक    १३ असार २०७६, शुक्रबार ०८:४०     909 जनाले पढ़िसके

रामेछाप , असार १३ गते । राजधानीमा सुई जस्तो तिखो वस्तुले युवतीहरुलाई घोच्ने घटनाका संलग्न भएको अरोपमा रामेछापका ३० वर्षीय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले गरेको पत्रकार सम्मेलनमा रामेछाप घर भई महाराजगञ्जमा दाजुसँग मिलेर होटल चलाइरहेका कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरी परिसर काठमाडौंका अनुसार रातको समयमा उस्तै प्रकृतिको घटना भएपछि सिसिटिभी फुटेजका आधारमा दोषी पत्ता लगाएको बताएको छ। प्रहरी परिसर काठमाडौंका अनुसार सुई जस्तो तिखो वस्तुले घोचेका चार घटना महानगरीय प्रहरी वृत्त स्वयम्भू र सोह्रखुट्टेमा आएको थियो।